सप्तरीमा लागु औषधको कारोबार बढ्यो, सात महिनामा ५६ मुद्दा दर्ता

बुधबार, फागुन ४, २०७८

सप्तरी, ४ फागुन । सप्तरीमा लागु औषध कारोबारमा वृद्धि भएको प्रहरीकाे तथ्या‌ंकले देखाएकाे छ ।  पछिल्लो पटक २९ माघमा  राजगढ गाउँपालिका- १ झुटकीका २४ वर्षीय शिवशंकर यादवलाई प्रहरीले लागु औषधसहित पक्राउ गर्‍याे ।  विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । 

६ माघमा छिन्नमस्ता गाउँपालिका-१ स्थित कोसी नहरबाट एक युवक र दुई किशोर पक्राउ परेका थिए। केही दिनअघिमात्र सदरमुकाम राजविराजस्थित गुलाव ग्यारेजबाट काठमाडौं लैजान तयार पारेको अवस्थामा ठूलो परिणाममा लागू ओषध फेला पर्‍याे ।

चालु आर्थिक वर्षमा ६३ जना लागु औषध काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।

उनका अनुसार यसअवधिमा ५६ वटा मुद्दा दर्ता भइसकेको छ। खुला सिमानाका कारण लागु औषध कारोबार बढेको प्रमुख काफ्लेको भना छ । लागू औषध मधेस प्रदेशका जिल्ला, काठमाडौं तथा देशका ठूल्ठूला सहरमा ओसारपसार हुने गरेकाे प्रहरीकाे भनाइ छ। 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार