एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन अभियान

बुधबार, फागुन ४, २०७८

खोटाङ, ४ फागुन । एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएकाे छ । एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो ।

पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक, त्रिबेणी चोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए । ‘नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो । 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार