कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

बुधबार, फागुन ४, २०७८

काठमाडौं, ४ फागुन । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित भएका छन् । एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार