संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी

बुधबार, फागुन ४, २०७८

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो । 

सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार