दुर्घटना गरी फरार भारतीय सवारी चालक पक्राउ

मंगलबार, फागुन ३, २०७८

ललितपुर, ३ फागुन : ललितपुर धोबिघाटस्थित सडकमा सोमबार राति सवारी दुर्घटना गरी भागेका भारतीय सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिआर ०५ एएन ५९२० भारतीय नम्बरको कार र भारत बिहार चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सवारी दुर्घटना गरी भागेको भारतीय नम्बरप्लेटको सवारी साधन नियन्त्रणमा लिनको लागि ललितपुर जिल्लाबाट काठमाडौं भित्रिने सम्भावित नाकाहरूमा चेकप्वाइन्ट खडा गरी प्रहरीले जाँच गरेको थियो । 

जाँच गर्नेक्रममा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि बरामद कारसहित महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार