अख्तियारको प्रवक्तामा भण्डारी नियुक्त

मंगलबार, फागुन ३, २०७८

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिएको छ ।  मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो ।  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार