बुटबलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु 

मंगलबार, फागुन ३, २०७८

काठमाडौं, ३ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय  राउल थापा रहेका छन् ।   दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ ।   लु ६० प ३६५२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार