दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

मंगलबार, फागुन ३, २०७८

दाङ, ३ फागुन । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् । रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो । टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार