सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

मंगलबार, फागुन ३, २०७८

सप्तरी, ३ फागुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घछनामा चालक सहित २ जना घाइते भएका छन् ।  गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका–३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राति मृत्यु भएको हो । चालक सहित घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  स १ त ६१ ०८ नम्बरको रडलोड गरेको ट्याक्टर सोमबार राति साढे ९ बजे अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार