सोसल मिडिया
Contact Us
युनिकोड
सुनसरी, ३ फागुन । सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलमा सोमबार बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० बर्षीय रमेश लुहागुन रहेका छन् । बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो । ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई सोमबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।