प्रधान सेनापति र युएईका राजदूतबीच भेटघाट

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन : नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सयिद हमदान अल नाक्बीले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । नाक्बीले सोमबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गरेका हुन् । 

भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार