शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ माघ । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् । 

 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार