बेइजिङमा भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो

सोमबार, फागुन २, २०७८

बेइजिङ, २ फागुन । चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ । यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ । त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ । त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार