कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

सोमबार, फागुन २, २०७८

काठमाडौँ, २ फागुन । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिएका कार्कीले सो बैठक बोलाएका हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार