पाँच थान भरुवा बन्दुकसहित थारु पक्राउ

सोमबार, फागुन २, २०७८

कपिलवस्तु, २ फागुन । वाणगंगा नगरपालिका–९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार