पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने 

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन । एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार