युक्रेन संकट बढ्दै जादै जेलेन्स्किीले अमेरिकी राष्ट्रपति बाइडेनलाई किभ बोलाए

सोमबार, फागुन २, २०७८

किभ, २ फागुन : युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन् । 

राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिकृया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए । 

यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताएका छन् । युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उनको भनाई छ । राष्ट्रपति जेलेन्स्किीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दैछन् । जेलेन्स्किीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ ।-एजेन्सी 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार