प्रतिनिधिसभाको बैठक बुधबार बस्ने 

आइतबार, फागुन १, २०७८

काठमाडौँ, १ फागुन । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिएका छन् ।  फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ ।  नेकपा (एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्न सुझाव दिएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार