दीपककुमार कार्की कामुप्रधानन्यायाधीश 

आइतबार, फागुन १, २०७८

काठमाडौं, १ फागुन । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् । 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार