भरुवा बन्दुकसहित दुई जना पक्राउ

आइतबार, फागुन १, २०७८

काठमाडौँ, १ फागुन । कपिलवस्तु, बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर छन् ।  जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वी बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार