जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी दिँदै 

आइतबार, फागुन १, २०७८

काठमाडौं, १ फागुन । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ ।  सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ । 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार