चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, फागुन १, २०७८

काठमाडौं, १ फागुन । चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  टाँडीबाट भण्डारा तर्फ जाँदै गरेको ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना ९ प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे ठोकिएका थिए । 

घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो ।  उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालीका–७ का ४५ बर्षीय कमल चौधरीको शनिबार राती ९ बजे मृत्यु भएको हो ।  अर्का मोटरसाइकल चालक राप्ती नगरपालीका–६ का २९ बर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।  भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार