क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीलाई घर फर्कन आग्रह 

शनिबार, माघ २९, २०७८

क्यानडा, २९ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीलाई घर जान आग्रह गर्दै, सबै कुरा वार्ताको टेबलमा छु भनेका छन् । यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,ू ट्रुडोेले भने । हामी आशा गर्छाै कि यी मानिसले घर जाने निर्णय गर्नेछन् । अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ ।  ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारी विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बताएका छन् । सङ्घीय, प्रान्तीय र नगरपालिकाका अधिकारी हालैका दिनमा स्पष्ट छन्, नाकाबन्दी र काफिलेका गतिविधिप्रति । ती अवैध र गैरकानूनी  गतिविधि अन्त्य हुनुपर्छ, उनले थपे । उनले भने, ‘सङ्घीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउने र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्तालाई अब सहने छैन ।’

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार