जर्मनीले युक्रेन छोड्न आफ्ना नागरिकसँग आग्रह 

शनिबार, माघ २९, २०७८

बर्लिन, २९ माघ । युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ । तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यूक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।” “हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस् ।” यसैबीच रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र पश्चिमले यूक्रेन र रूसबीच यूक्रेनमा द्वन्द्व चाहेको आरोप लगाए ।– रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार