नेपाल र बंगलादेशका युवा काठमाडौंमा 

दिगो विकास लक्ष्यमा युवाको भूमिका खोजी गर्ने
शनिबार, फागुन १५, २०७७

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा आजदेखि शुरु हुनेछ । दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए । युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ । सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।  सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । यसअघि पहिलो र तेस्रो सम्मेलनमा काठमाडौँमा भएको थियो । दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यसपालि बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा नै गर्न लागिएको आयोजकले जनाएको छ । पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८को शुरुआतमै हुने जनाइएको छ । सम्मेलनमा २५ बङ्गलादेशी युवासहित ६५ जनाको सहभागिता रहने जनाइएको छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार