निर्वाचन वर्षको यात्रामा शब्दपाटी

शनिबार, माघ २९, २०७८

केही दिनअघि मात्रै सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । आगामी वर्ष अर्थात् वैशाख ३० गतेका लागि देशैभर एक साथ मतदान हुने गरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो । संघीयता लागू भएपछि सम्पन्न पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा दोस्रो निर्वाचनको लागि सरकारले मिति घोषणा गरेका हो । निर्वाचन मिति घोषणा भएपछि दलका कार्यकर्ताबीच उम्मेदवारको विषयमा चर्चा सुरु भइसकेको छ । 
स्थानीय तहको निर्वाचन सकिएपछि मुलुक प्रदेश तथा संघीय व्यवस्थापिका सदस्य छनोटको चरणमा प्रवेश गर्नेछ । यो हिसाबमा हेर्दा आगामी वर्ष मुलुक चुनावमय हुनेछ । चुनावमय यो वर्षमा शब्दपाटीले मिडिया युजर्सका आवश्यकताका अनुसारका चुनावी सामग्री प्रवाह गर्ने प्रतिवद्धता जाहेर गर्दछ । मुलुकमा हाल कायम छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ तह र छ हजार ७४३ वडाका लागि जनप्रतिनिधि चयन गर्न स्थानीय तहको निर्वाचन हुने छ । निर्वाचनबाट ३५ हजार २२१ प्रतिनिधि चयन हुनेछन् । स्थानीय तहको सभाका लागि थप चार हजार ९६८ जनप्रतिनिधिको पनि चयन हुनेछन् । 
लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमा निर्वाचनलाई लोकतन्त्रको प्रणवायु भन्ने गरिन्छ । संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन तीन चरणमा भएको थियो । विसं २०७४ वैशाख ३१, असार १४ र असोज २ गते सो स्थानीय तहको निर्वाचन  भएको हो । 
सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पु¥याउने उद्देश्यसहित भएको अघिल्लो निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको प्रतिनिधित्व गर्न सफल भएका थिए । अघिल्लो निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता  रहेकोमा एक करोड चार लाख ८९ हजार २०४ (७४.५३ प्रतिशत) मतदान भएको थियो । जनगणना सम्पन्न भइसके पनि यस पटक कति मतदाता थपिए त्यो विवरण सार्वजनिक भइसकेको छैन ।
शब्दपाटी डटकम सुरुवात भएको वर्ष प्राय सबै पार्टीहरुले महाधिवेशन सम्पन्न गरेर महाधिवेशनमय वर्ष बनाए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरी पार्टी सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
निर्वाचनमय वर्ष
शनिबार, माघ २९, २०७८