सोसल मिडिया
Contact Us
युनिकोड
मङ्गलबारे, २९ माघ । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उहाँको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ बजेर ३० मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् । बृद्ध भएकै कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।