एक हजार १२८ सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

शुक्रबार, माघ २८, २०७८

काठमाडौँ, २८ माघ  । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् । आज दुई हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ । 

सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण 
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३५ को नमूना परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  
पीसीआरमार्फत १९ र एन्टीजेनमार्फत २८ मा पुष्टि भएको हो । प्रदेशभर ८८ सङ्क्रमणमुक्त भएका छन् । यसअघि बिहीबार यस प्रदेशमा ६२ मा सङ्क्रमण पुष्टि हुँदा १४९ सङ्क्रमणुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२७ को ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार