चितवनको राप्तीमा बर्डफ्लू देखियो

शुक्रबार, माघ २८, २०७८


चितवन, २८ माघ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन:  देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ । रासस
 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार