हिमपातले सुन्तलाका बिरुवा नष्ट

शुक्रबार, माघ २८, २०७८

जाजरकोट, २८ माघ । लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो । दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिए । दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ । “

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार