सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर, २७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिकजसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन् । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुग्नुभएका उनले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए । गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा केही गरौँ भन्ने बिचार गर्दै घुम्ती चियाको व्यापार थाल्नुभएका उनले अहिले दैनिक रु तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताउँछन् । “चिया राख्ने भाँडो -हटपट_ खरिद गरेर यहाँ पसल–पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु”, चन्दले भन], “मेहेनत गरे कमाउनका लागि विदेशिनुनै पर्छ भन्ने होइन रहेछ ।” चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ । दैनिक १५० देखि २०० कप चिया बिक्री हुने गरेको बताउँदै उgले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताए । रासस