राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

बुधबार, माघ २६, २०७८

काठमाडौँ, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।  आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । केही दिनअघि स्वास्थ्यमा समस्या भई उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार