पूर्वपोप बेनेडिक्ट सोह्रौँद्वारा यौन दुव्र्यवहारको काण्डमा माफीको याचना

बुधबार, माघ २६, २०७८

भ्याटिकन सिटी, २६ माघ । पूर्वपोप बेनेडिक्ट सोह्रौँले मङ्गलबार आफ्नो निगरानीमा गरिएको पादरीहरूको बाल यौन दुव्र्यवहारका लागि माफी मागेका छन् । यद्यपि उनले सहयोगीहरूले आफू म्युनिकका आर्कबिशप हुँदा घटेको भनिएको आरोपको खण्डन गरेका छन् । 
नौ दशक पार गरिसकेका (९४ वर्षीया) पूर्व पोपले भ्याटिकनद्वारा प्रकाशित एउटा पत्रमा भने, “यौन दुव्र्यवहारको सिकार भएका सबैप्रति म नतमस्तक छु । म गहिरो दुःख र क्षमाको हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु । सन् २०१३ मा पदबाट निकालिएका भूतपूर्व पादरीको पत्र गत महिना जर्मन अनुसन्धानको जवाफमा जारी गरिएको थियो । अनुसन्धानले १९८० को समयमा वयस्क पादरीहरू समावेश भएका मुद्दाहरूमा उनको प्रतिक्रियाको आलोचना गरेको थियो । “क्याथोलिक चर्चमा मेरो ठूलो जिम्मेवारी थियो । मेरो आदेशको समयमा ती विभिन्न स्थानहरूमा भएका दुव्र्यवहार र गल्तीहरूका लागि मैले दुःख व्यक्त गर्छु । उक्त घटनाले मलाई जीवनमा सबैभन्दा बढी पीडा छोडेको छ,” उनले लेखेका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार