राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती
छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती
रासस
सोमबार, माघ २४, २०७८
सोमबार, माघ २४, २०७८
दार्चुला, २४ माघ । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो । सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना ग¥यो । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ । छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन् । छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ । सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् । सुरक्षाकर्मीले कुनै खबर गर्नुप¥यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, “अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।” ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्याँसवासीले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । उनी भन्छन्, “नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेकोे हो ।” गत साता आएको हिमपातका कारण अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पु¥याउनुप¥यो भने भारतीय एसएसबीको क्याम्प पुग्छौँ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।”
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
१४:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउने सञ्चारमन्त्री डा. तिमिल्सिनाको प्रतिवद्धता
नंः ४
२४ घण्टामा ट्राफिक प्रहरीले गर्याे ७६९ जनालाई कारबाही
नंः ५
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
टनेलको प्रवेशद्वार खोज्दै सेना
शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्याउन मन्त्री चौधरीले सांसदहरु छलफल
शनिबार, भदौ १३, २०८३
थप समाचार
७८८ वटा शव फेला
सोमबार, माघ २४, २०७८
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
सोमबार, माघ २४, २०७८
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
सोमबार, माघ २४, २०७८
टनेलको प्रवेशद्वार खोज्दै सेना
सोमबार, माघ २४, २०७८
Subscribe Newsletter
×