म्याग्दीमा बाह्र किलो गाँजा बरामद 

शुक्रबार, फागुन १४, २०७७

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले लागुऔषध गाँजासहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने छ । 
यसैबीच सदरमुकाम बेनी बजारमा एक वृद्धा लुटिएका छन् । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो । दुई जना युवाले नेपाल विद्युत् प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पीडित किसानले बताइन् । गहना लुटिएपछि किसान बिलौना गर्दै विद्युत् प्राधिकरणको कार्यालयमा पुगेपछि लुटपाटको घटना थाहा भएको हो । प्रहरीले लुटेराको खोजी गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार