काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

बुधबार, माघ १९, २०७८

काबुल (अफगानिस्तान), १९ माघ ।  नियमित विद्युत् आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ । अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भन्नुभयो, “उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।”  राजधानी सहर काबुलमा विद्युत्को अभाव भएको गुनासोबीच मध्य एसियाली राज्यहरू उज्बेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत् प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत् प्रसारण रोकिएको टोलो न्यूजले बतायो । सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो । छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए ।
यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो । जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो । जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत् अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्युत्लाई काटेको थियो भने यसलाई मङ्गलबारदेखि पुनः स्थापित गरिएको छ ।– रासस/एएफपी
 
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार