सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले समाजमा विशिष्ट योगदान पु¥याएका चर्चित व्यक्तिका ‘मुहार चित्र’ कार्यशाला शुरु गरेको छ । कार्यशाला यही १८ गतेसम्म सञ्चालन हुने कार्यशालामा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनी छोइङ डोल्मा, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, व्यवसायी प्रदीपकुमार श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यसहित पृथ्वीबहादुर पाण्डे, भद्रकुमारी घलेलगायत १२ व्यक्तित्वको मुहार चित्र तयार पारिने प्रतिष्ठानको चित्रकला विभागका प्रमुख शुष्माराज राजभण्डारीले जानकारी दिए । मुहारचित्रबाट आएको आम्दानीमध्ये ६० प्रतिशत सिन्धुपाल्चोकको विकट गाउँमा रहेको विद्यालयलाई सहयोग गर्ने भण्डारीले जानकारी दिए । मुहार चित्र कार्यशालामा कलाकार गोपाल चित्रकार, वृद्धि गुरुङ, सिर्जनराज भण्डारी, बाबुराजा देउला, गजेन्द्रमान श्रेष्ठ, आलोक गुरुङ, प्रदीप श्रेष्ठ, शिकोर नकर्मी, रोशन प्रधान, कान्छाकुमार भासिमा, डिराम पाल्पाली, पूजा महर्जन केवी शाहलगायतको सहभागी छन् । कोभिड–१९ का कारण प्रभावित भएको ललितकला क्षेत्र सङ्क्रमण नियन्त्रणोन्मुख भएसँगै पुनः चित्रकारिताका गतिविधिमा वृद्धि भएको छ । कुलपति कर्माचार्यले पछिल्ला समयमा भौतिक उपस्थितिमै कार्यशाला तथा प्रदर्शनी शुरु हुन थाल्नु सकारात्मक सङ्केत भएको बताउनुभयो । प्रतिष्ठानले आगामी वैशाखमा भौतिक उपस्थितिमै राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।–रासस