सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १८ माघ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।
साथै बागमती सरकारले पनि सार्वजनिक बिदा दिने निर्णय गरि सकेको छ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।