पाल्पाका नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग

सोमबार, माघ १७, २०७८

रामपुर (पाल्पा), १७ माघ : आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।   समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल, खैजडी, चाप र नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो ।  सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुख्र्याैली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए ।  कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । उनले भने, “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई बजेट विनियोजन गर्दै आएको छ ।”–रासस 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार