सोसल मिडिया
Contact Us
युनिकोड
सोल । प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन् । उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम उत्तर कोरियाली ‘जिन्क‘ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन् । यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो । ह्याकरहरूले अक्सफोर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए । तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।
माइक्रोसफ्टको चेतावनी माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन् । निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका छन् । माइक्रोसफ्टले भनेको छ– रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ‘गु्रट फोर्स’ उपाय अपनाएको छ । एउटा उत्तर कोरियाली समूहले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको अधिकारीको नाम प्रयोग गरेर इमेल पठाएर पासवर्ड हत्याउने प्रयास गरेको छ । त्यस्ता प्रयासहरू केही असफल भए पनि केही सफल समेत भएका भन्दै माइकोसफ्टले सजग गराएको छ ।
मस्को र प्योङ्याङले के भने ? रुसले यसअघि खोपको अध्ययनलाई लक्षित गरिएको भन्ने विवरण अस्वीकार गरेको थियो । वासिङ्टनस्थित रुसी दूतावासले अमेरिकी समाचार संस्था रोयटर्सलाई यसबारे थप भन्ने कुरा नरहेको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । माइक्रोसफ्टले विश्व नेताहरूलाई एउटा आग्रह गर्दै ‘स्वास्थ्य सेवाका पूर्वाधारमा अन्तर्राष्ट्रिय कानुनको सुनिश्चितता गर्न र त्यसको कार्यान्वयनका लागि कदम चाल्न’ आग्रह गरेको छ । अमेरिकाले चीनलाई समेत त्यस्ता गतिविधिको आरोप लगाए पनि बेइजिङ्ले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
प्रतिस्पर्धा ह्याकरको प्रयास अनुसन्धानमा अवरोध पु¥याउने भन्दा पनि विवरण चोर्न खोजेको पाइएका छन् । तर अपराधिक समूहहरू संलग्न भएका घटना समेत बढ्दै गएको पाइएका छन् । ‘यो सबै खोपको लागि भइरहेको विश्वव्यापी प्रतिस्पर्धा र एकअर्काबीच कसले त्यसको फाइदा उठाउने भन्ने दौडको पाटो हो’ बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोर्रिया भन्छन् । ‘यसको फाइदा आर्थिक, सामाजिक र स्वास्थ्यकै हिसाबले विशाल छ । सबैभन्दा पहिले र छिटो खोप वा उपचार विकास गर्दा त्यसले विदेश र स्वदेशमै प्रतिष्ठा उच्च पार्नेछ’ कोर्रियाले भने । बीबीसी