नेपालसहित विश्वभर यसरी मनाइयो दिपावली

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं । विश्वभरका विभिन्न स्थानमा मानिसहरू दिपावली मनाइरहेका छन् । विभिन्न खालका बत्ती बालेर मनाइने यो चाड विश्वभर हिन्दु, सिख र जैनले मनाउँछन् । नेपाल, भारत, श्रीलंकालगायत अन्य थुप्रै देशमा पनि दिपावली मनाइन्छ । यो चाड भगवान राम वर्षौंको निर्वासनबाट फर्किएको उपलक्ष्यमा मनाइन्छ । दियो, मैनबत्ती र झिलिमिली बत्ती बालेर दिपावली मनाउने प्रचलन रहँदै आएको छ ।
मैनवत्ती र आतसबाजीसँगै दिपावलीको अर्को परम्परागत पाटो भनेको रंगोली हो । 

विभिन्न रङ्ग, फूलका पत्ता र अन्य सामग्री प्रयोग गरेर जमिनमा बनाइने विभिन्न आकारप्रकारको कलालाई नै रङ्गोली भनिन्छ ।
सिखहरू भने दिपावलीमा आफ्ना छैठौँ गुरू हरगोविन्दको सन् १६१९ मा भएको मुक्तिको सम्झनामा मनाउँछन् । दिपावलीका बेला सिखहरू भारतको अमृतसरस्थित गोल्डन टेम्पलमा भेला हुन्छन् ।
विश्वका नेपाल, भारत, श्रीलंकालगायत अन्य थुप्रै देशमा पनि दिपावली मनाइन्छ । नेपालमा तिहार भनिने यो चाडमा राजधानी काठमाडौंसहित देशभर विभिन्न रङ्गका बत्तीहरू बालेर र लक्ष्मीको पूजा गरेर घरघरमा दिपावली मनाइन्छ । 

भारतको भोपालस्थित मन्दिरमा दियो बालेको हेर्दै एक बालक

सामान्यतः नेपालमा तिहार पाँच दिन मनाइन्छ । यो चाडमा काग, कुकुर, गाई, गोरूजस्ता जनावरको समेत पूजा गर्ने गरिन्छ । तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष धेरैका लागि यो चाड एकदमै फरक भएको छ । लक्ष्मी पूजाको दिन घर सफा गरेर साँझ परेपछि घरघरमा बत्ती बालेर लक्ष्मीको पूजा गरिन्छ । यो दिन महिलाहरू भैली खेल्न जान्छन् । तर कोरोनाभाइरसका कारण यो वर्ष भैलीदेउसी खेल्न प्रतिबन्ध लगाइएको छ

भारतको अल्लाहवादमा प्रहरीहरू झिलझिले बाल्दै

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार