सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको छ ।