भोलि भाइटीका

शुभसाइत ११ः३७ बजे 
आइतबार, कात्तिक ३०, २०७७

काठमाडौँ । यस वर्ष भाइटीकाको उत्तम साइत भोलि मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको छ । 
नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार कात्तिक शुक्ल पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ । तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको हो । शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको छ । चतुर्दशी तिथिमा पर्ने कर्म बिहान गर्ने चलन रहेकाले प्रायले कुकुर तिहार शनिबार बिहान मनाइको थियो । लक्ष्मीपूजा बेलुका गर्ने चलन रहेकाले शनिबार बेलुका लक्ष्मीको पूजा गरिएको हो ।
प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्हः पूजा’ गर्न सक्ने छन् । म्हः पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्रायः नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार