सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ६ माघ : टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा एलबीको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका २४ वर्षीय विश्वकर्माको उपचारकै क्रममा आज बिहान निधन भएको हो । स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् । अछामको रामारोशन घर भएका विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थ्एि । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायत सञ्चार माध्यममा काम गरेका थिए ।