तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण

शनिबार, फागुन ८, २०७७

काठमाडौं । नेपाल तरुण दलले ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई  स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिमको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीका लागि शुक्रबार एक कार्यक्रमका बीच सो सामग्री हस्तारण गरिएको हो । अस्पतालका रजिष्ट्रार प्रा.डा.पारस आचार्यलाई  दुई हजार ५००  मास्क, १०  पिपीई सेट र २८ फेस शिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार