यसरी सेवा दिनुपर्छ गाउँका सिंहदरबारले (भिडियोसहित)

वडावासीको सेवाका लागि बिहानै खुल्छ ललितपुर महानगरपालिका वडा नं २४ कार्यालय
सोमबार, माघ ३, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर महानगरपालिकाको बाहिरी वडा मध्येका एक हो वडा नं २४ । साविकको धापाखेल गाउँ विकास समितिलाई समेटेर महानगर बनाइँदा यो गाउँ विकास समिति दुईवटा वडामा विभाजित भयो । ललितपुर महानगरको वडा नं २३ र २४ साविकको धापाखेल गाउँ विकास समितिले चर्चेको क्षेत्रफलमा पर्दछ । धापाखेल गाउँ विकास पालिका हुँदा गाविस अध्यक्ष थिए अहिलेका वडा नं २४ का वडाअध्यक्ष दिनेश कार्की । दिनेश कार्की वडावासीमाझ सुख दुखमा साथ दिने वडाध्यक्षका रुपमा परिचित छन् । वडावासीलाई सहज होस भनेर उनले बिहानै वडा कार्यालय खोलेर सेवा दिने गरेका छन् । बिहानै कार्यालय खोल्न थालेको पनि साढे चार वर्ष भइसकेछ । 
सरकारी कार्यालयको काम बिहान १० बजेबाट सुरु हुन्छ । वडाको सिफारिस लिन केही बिलम्व हुँदा त्यस दिन काम फत्ते नहुन सक्छ । फेरि अर्काे दिनका लागि त्यही कामका लागि हिँड्नु पर्ने हुन्छ । अझ कति पय सरकारी कार्यालयले त यति समय भित्र मात्रै काम हुन्छ भनेर सूचनानै टाँसेको पनि देखिन्छ । बिहान वडाबाट सिफारिश ल्यायो १० बजेपछि सरकारी कार्यालयको काम गर्न पाउने अवस्था बनाएकोमा वडावासीले वडाध्यक्ष कार्कीलाई धन्यवाद दिएका छन् । 
सिफारिश लिँदैमा दिन बिताउनु पर्ने समस्यालाई बुझेरै वडाअध्यक्ष दिनेश कार्कीले बिहानै वडा कार्यालय खोल्ने गरेका हुन् । शब्दपाटी मिडिया बिहान ७ M ३० बजे वडा कार्यालय पुग्दा वडाध्यक्ष कार्की कार्यालयमा हाजिर भइसकेका थिए । वडा कार्यालयमा सरकारी कर्मचारी पनि उपस्थित भइसहेका थिए । जनप्रतिनिधि भनेकै जनताको सेवाका लागि हुन् वडाध्यक्ष कार्कीले शब्दपाटीसँग भने, …निर्वाचित भएर आएको दुई महिनापछि नै हामीले वडा कार्यालय बिहानदेखि खोल्न थालेका हौं । सुरु सुरुमा केही अप्ठ्यरो भएपनि अहिले कर्मचारीसहित सबैलाई बानी भइसकेको छ ।’ कार्यालयमा उपस्थित कर्मचारीले पनि सुृरुका केही समय अप्ठ्यारो भएपछि अहिले बिहान कार्यालय आउन अभ्यस्त भएको प्रतिक्रिया दिए । महिला कर्मचारीका लागि केही अप्ठ्यारो हो वडा कार्यालयकी कर्मचारी सरला कार्कीले भनिन् ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार