माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण : सभामुख

शनिबार, माघ १, २०७८

काठमाडौँ, १ माघ ।सभामुख अग्निप्रसाद सापकोटाले माघी÷माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”
सभामुखले २०७८ सालको माघी÷माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् । 
थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदायलगायतले यस पर्वलाई माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुललगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता  र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार