लागुऔषधसहित दुई जना पक्राउ

आइतबार, पुस ११, २०७८

महोत्तरी, ११ पुस : महोत्तरीको माइस्थान-सम्सी सडकखण्डबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति औरही नगरपालिका कठुधारस्थित अस्थायी प्रहरी चेक पोस्टबाट खटिएको प्रहरीले बर्दिबास-७ बस्ने २२ वर्षीय सञ्जय परियार र उदयपुर कटारी बस्ने १९ वर्षीय अजय नेपालीलाई पक्राउ गरेको हो ।

सम्सीबाट बर्दिबासतर्फ गइरहेको ना४ख ३९५९ नम्बरको बसमा चेकजाँच गर्नेक्रममा सञ्जय परियारको साथबाट नाइट्रोभेट-१० लेखिएको ३० ट्याब्लेट र अजय नेपालीको साथबाट नाइट्रोभेट-१० नै लेखिएको १५ ट्याब्लेट गरी जम्मा ४५ ट्याब्लेट लागुऔषध बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार