ज्येष्ठ नागरिक दिवस : धुम्रपान निषेध गर्ने घाेषणा 

आइतबार, पुस ११, २०७८

जुम्ला, ११ पुस । जेष्ठ नागिरक दिवस (११ पुस)  का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधकाे  घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नाे क्षेत्रमा कुनै पनि प्रकारकाे सुर्ती सेवन नगर्ने र गर्न नदिने घाेषणा गरेका हुन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागिरक दिवस मनाउने गरिन्छ । यही क्रममा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेध क्षेत्र घोषणा गरेका हुन् । 

कतिपयले साथीभाईको करले, केहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र केहीले हर्षबढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका  कारण धेरैको स्वास्थ्यमा समस्या भएकोले जेष्ठनागरिकहरूले आफ्नो क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र घोषणा गरेकाे तुलाराम न्यौपानेले बताए । उनले भने, 'हाम्रो  उद्देश्य भनेको जेष्ठ नागरिक सबैको घरघरमा धुम्रपान  निषेध होस् भन्ने हो । तर, धेरै जेष्ठ नागरिक आफै धुम्रपान गर्ने भएकाले यस्तो  कार्यको थालनी गरिएको हो ।' 

Avatar

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार