सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ललितपुर महानगरपालिकाले भर्खरै निर्माण सम्पन्न गरेको साइकल लेनको प्रसंशा गरेका छन् । उनले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँगको भेटमा उनले ललितपुरलाई सुन्दर सहर बनाउन महानगरपालिकाले गरेका कामहरु मध्ये साइकल लेन महत्वपूर्ण भएको बताए । उनले भने, ‘ललितपुरमा विकास निर्माणका सिर्जनशील कामहरु भएका छन्, तीमध्ये साइकल लेनको निर्माण एक हो ।’ मन्त्री श्रेष्ठले महानगरले अघि सारेका सम्पूर्ण काममा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । महानगरका प्रमुख चिरीबाबु महर्जन मन्त्री श्रेष्ठलाई भेट्न बिहीबार शहरी विकास मन्त्रालय पुगेका थिए । महर्जनले दोस्रो चरण अन्तर्गतको साइकल लेन निर्माणको काम समेत अघि बढेको जानकारी मन्त्री श्रेष्ठलाई गराए । भेटघाटका क्रममानगर प्रमुख महर्जनले महानगरको विभिन्न रुटमा जडान गरिएको स्मार्ट सडक बत्तीले सहरलाई निकै उज्यालो बनाएको बताउँदै चक्रपथको कोटेश्वरदेखि कलंकी सडक खण्डमा यो बत्ती जडान गर्नुपर्ने आवश्यकता औंल्याए । बत्ती प्रभावकारी भएको बताउँदै उनले भने, ‘यो बत्तीनिकै उज्यालो हुने रहेछ, सियोमा धागो नै हाल्न सकिन्छ, चक्रपथमा जडान गर्नका लागि संघीय सरकारको सहयोग आवश्यक छ ।’ नगरप्रमुख महर्जनले काठमाडौं महानगरपालिकासँग समेत छलफल र सहकार्य गरेर यो सडक खण्डमा स्मार्ट बत्ती जडान गर्न सकिने धारणा राखे । शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो अंकित हुलाक टिकट छिट्टै सार्वजनिक गर्ने बताए । मानिस जिवित छँदा नै सम्मान गर्ने संस्कार बसाल्न महानगरपालिकाले १८ महिना अघि अभिन्नदन कार्यक्रम आयोजना गरेको थियो । महानगर प्रमुखले सत्यमोहन जोशीको चारवटा पुस्तकलोकापर्ण गर्ने तयारी गरेको समेत जानकारी गराएका थिए ।